कोहलपुर ।
नमस्ते नेपाल यातायात व्यवसायी प्रालि कोहलपुरले भीआईपी सोफासेटसहितको ‘पशुपति दर्शन’ नामक दुई बटा बस सञ्चालनमा ल्याएको छ । सोमबार पूजापाठ गरेर प्रालिले नेपालगन्जदेखि काठमाडौँसम्मका लागि सो बस सेवा सञ्चालनमा ल्याएको हो ।
यात्रुहरूको सहजताका लागि सुविधासम्पन्न अत्याधुनिक सोफासेट भएको ‘पशुपति दर्शन’ नामक बस सेवा सञ्चालनमा ल्याइएको सो प्रालिका अध्यक्ष निरज चलाउनेले जानकारी दिए ।
नेपालगन्जदेखि काठमाडौँसम्म यात्रा गर्ने यात्रुहरूलाई आरामदायी यात्राका साथ फ्रि वाइफाइ र प्रत्येक सिटमा चार्जिङ प्वाइन्टलगायतका सुबिधा रहेको उनले जानकारी दिए ।
नेपालगन्जबाट प्रत्येक दिन साँझ साढे ५ बजे र काठमाडौँबाट पनि सोही समयमा गाडी छुट्ने उनले बताए । बसमा सामान सुरुक्षाका लागि सीसीटीभी र जीपीएस जडान गरिएको उनको भनाइ छ ।
पशुपति दर्शन प्रालिका रात्रिकालीन बस सोमबारबाट दैनिक सञ्चालनमा छन् । ‘यी बसले यात्रुहरूलाई सुरक्षित यात्राको अनुभूति गराएर मन जित्ने हामीले अपेक्षा गरेका छौँ,’ अध्यक्ष चलाउनेले भने, ‘एकपटक आफैँ यात्रा गरेर यात्रुहरूल अनुभव गर्न सक्नुहुनेछ । ’









प्रतिक्रिया दिनुहोस्