काठमाडौं ।
सरकारले राष्ट्रिय सम्मानका साथ पूर्वसभामुुख दमननाथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत सरकारले गरेको छ ।
यस्तै, स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ मंसिर ३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्