मध्यवर्ती क्षेत्रका उपभोक्तासँग अन्तक्र्रिया



कोहलपुर ।

संरक्षणका क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेडएसएल (जुलोजिकल सोसाइटी अफ लन्डन)ले बाँकेमा आफ्नो संस्थाले गरेका गतिविधिहरूका बारेमा समीक्षा गरेको छ । बुधबार बाँकेका मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूसँग जेडएसएलले हालसम्म गरेका गतिविधिको समीक्षा गर्नुका साथै उपभोक्ताहरूका सुझाव तथा गुनासाहरू संकलन गरेको हो ।

आईयुसीएनसँगको सहकार्यमा जेडएसएलले वन्यजन्तु संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, मध्यवर्ती क्षेत्रका उपभोक्ताको आयआर्जन वृद्धि, राहतलगायतका सवालमा काम गर्दै आइरहेको जेडएसएलका बाँके प्रतिनिधि प्रदीप सेढाईंले जानकारी दिए । उनले संस्थाले तीन वटा फेजमध्ये दुई वटा फेजका काम सम्पन्न भइसकेको र तेस्रो फेजको काम भइरहेको बताए ।

मध्यवर्ती क्षेत्रका उपभोक्ताको जीविकोपार्जनका सवालमा हालसम्म बाँकेमा ५३८ वटा बाख्राका सुरक्षित खोर निर्माण गरिएको जानकारी दिए । त्यसैगरी, जीविकोपार्जनकै सवालमा उपभोक्ताहरूलाई कृषि, पशुपालन, ब्युटिसियन, प्लम्बिङ तथा नेचर गाइडसम्बन्धी तालिम प्रदान गरिएको उनले बताए ।

निकुञ्जका वन्यजन्तुबाट प्रभावितहरूका लागि तत्काल राहत पु¥याउने उद्देश्यले जेडएसएलले विभिन्न राहत कोषहरूको समेत व्यवस्था गरेको सेढाईंले बताए । उनका अनुसार पीडितहरूलाई तत्काल राहतका लागि संस्थाले हालसम्म बाँकेमा ३६ लाख ८८ हजार रूपैयाँ प्रदान गरिसकेको छ ।

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत कुननारायण चौधरी, निकुञ्ज व्यवस्थापन समितिका अध्यक्ष, गेहेन्द्र खड्कालगायत मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २९ गते बिहीबार