सुनको मूल्यमा भारी गिरावट, एकैदिन प्रतितोला चार हजार रूपैयाँले घट्यो



काठमाडौं ।

लगातार बढिरहेको सुनको मूल्यमा बिहीबार भारी गिरावट आएको छ। बुधबार तीनसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँले घटेको छ।

बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँचसय रूपैयाँ कायम छ। यो साता मंगलबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले घटेको थियो। बुधबार भने सामान्य मूल्य बढ्दै सुन प्रतितोला एक ला ६८ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार र बुधबार घटेको चाँदीको मूल्य भने बिहीबार पनि ओरालै लागेको छ। बिहीबार प्रतितोला ५५ रूपैयाँले घटेर चाँदी प्रतितोला एक हजार ९ सय ६० रूपैयाँ कायम छ।

बुधबार चाँदी प्रतितोला १५ रूपैयाँले घट्दै प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको थियो।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार