तुलसीपुरको उठ्यो तीन महिनामा ६ करोड राजस्व



दाङ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो तीन महिनामा तुलसीपुर उपमहानगरपालिकाले ६ करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।

साउन, भदौ र असोज महिनामा ६ करोड रूपैयाँ राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिइन् ।

उनका अनुसार आव २०८०/०८१ को सो अवधिमा तीन करोड ५० लाख मात्र राजस्व संकलन भएको थियो ।

‘चालु आवमा विगत वर्षभन्दा राजस्व वृद्धि हुने अनुमान गरिएको छ,’ प्रमुख घर्तीले भनिन्, ‘राजस्व चुहावट रोक्नुका साथै सरसफाइ, व्यवसायलगायतमा कर लिन थालिएकाले राजस्व बढ्ने अनुमान गरिएको छ । उल्लेख्य रूपमा राजस्व संकलन भइरहेको छ ।’

चालु आवमा ५० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताइन् । गत आवमा ३६ करोड राजस्व संकलन भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार