दोस्रो ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता कन्चनपुरमा



कन्चनपुर ।

दोस्रो राष्ट्रिय ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता कन्चनपुरको बेदकोट नगरपालिकामा सुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको वार्षिक कार्यक्रमअन्तर्गत प्रतियोगिता सुरु भएको हो । शीर्ष ६३ राष्ट्रिय बुद्धिचाल खेलाडी सहभागी रहेको प्रतियोगितामा बाँकी ४ चरणको खेल आज सम्पन्न हुनेछ ।

महासंघको वार्षिक क्यालेन्डर कार्यक्रमअन्तर्गत बुद्धिचाल महासंघ र काठमाडौँ स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा पाँचौँ चरणको खेल सम्पन्न भएको छ । प्रतियोगितामा एफएम क्षितिज भण्डारीले सबै खेल आफ्नो पक्षमा पारी पूर्ण ५ अंक जोडेर शीर्ष स्थान ओगट्न सफल बनेका छन् ।

कुल नौ चरणको खेलबाट राष्ट्रिय ¥यापिड चेस च्याम्पियन चुनिने स्पर्धामा आशिष् फूँयाल र सिएम शुश्रुत दहाल समान ४.५ अंक बनाउँदै संयुक्त दोस्रो स्थानमा उभिन सफल भएका छन् । आज हुने छैटौँ चरणको खेलमा आशिषले सुरज महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् भने शुश्रुतले भण्डारीसँग खेल्नेछन् ।

यसैगरी, सुजन काफ्ले, सुरज महर्जन, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी, सिएम नवीन तण्डुकार र पुरुषोत्तम सिलवाल ६ जना राष्ट्रिय खेलाडीले समान ३.५ अंक बनाउँदै संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन् ।

विश्व बुद्धिचाल महासंघ (फिडे) र एसियन चेस फेडेरेसनको तत्वावधानमा सञ्चालन भइरहेको दोस्रो राष्ट्रिय ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताका विजेता खेलाडीले उपाधि संगसँगै नगद ३० हजार प्राप्त गर्नेछन् ।

खेलको उपविजेताले नगद २० हजार, तृतीयले १४ हजार, चौथो हुनेले ९ हजार, पाँचौँले ६ हजार र बाकी दशौं स्थानसम्म रहने प्रत्येक खेलाडीले ४–४ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

राष्ट्रिय ¥यापिड प्रतियोगितामा सहभागी भएर उत्कृष्ट हुने ३ जना महिला खेलाडीले क्रमशः ७ हजार, ५ हजार , ३ हजार सहित उत्कृष्ट स्थानीय, उत्कृष्ट ५५ वर्ष माथिका भेट्रान, रेटिङ १७ सय मुनि, उत्कृष्ट अनरेटेड, उत्कृष्ट जुनियर वर्ष १२, १४, १६ सबै व्यक्तिगत विधाका खेलाडीलाई २ हजार ५ सय पुरस्कार प्रदान गरिनेछ । ¥यापिड स्पर्धामा कुल नगद १ लाख ३१ हजार ५ सय प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार