नेपाल र अमेरिकाबीच रोमाञ्चक बराबरी, खेल सुपर ओभरमा



टी–२० श्रृंखलाअन्तर्गतको नेपाल र अमेरिकाबीचको दोस्रो खेल रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा आइतवार बिहान भएको खेल बराबरीमा सकिएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियाे ।

एक सय ७१ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन नै जोडेपछि खेल रोमाञ्चक बराबरीमा टुंगिएको हो ।

बराबरी भएपछि खेल नतिजाका लागि सुपर ओभरमा गएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार