कोहलपुर ।
बाँसगढी नगरपालिकामा प्रथम बाँसगढी कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुुर खड्काले एक समारोहका बीच बिहीबार प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले खेलकुदका माध्यमले युवाहरूलाई दुव्र्यसनीमा फस्नबाट रोक्न सकिने बताए ।
लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न खेलकुदले महत्वपूर्ण सहयोग पु¥याउने उनको भनाइ थियो । साथै उनले खेलकुदका माध्यमले आफ्नो तथा आफ्नो ठाउँको पहिचान स्थापित गर्न सकिने धारणा राखे ।
खेलकुदबाट मानिसको शारीरिक मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताउँदै नगर प्रमुख खड्काले अनावश्यक रूपमा मोबाइलमा समय व्यतीत गर्नुभन्दा खेलकुदमा लाग्न युवाहरूलाई आग्रहसमेत गरे ।
बाँसगढी गाउँ बडघर संस्थाको आयोजनामा बाँसगढी–५ झरसैलास्थित खेल मैदानमा सो प्रतियोगिता सञ्चालन भइरहेको छ । नेपालीहरूका महत्वपूर्ण पर्व दसैँ, तिहार र छठका अवसरमा खेलकुदका माध्यमले आपसी सद्भाव वृद्धि गर्न र युवाहरूलाई कुलतमा लाग्नबाट जोगाउन यो प्रतियोगिताको आयोजना गरिएको आयोजक बाँसगढी गाउँ बड्घर संस्थाका अध्यक्ष पुनेश्वर थारूले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिका–५ का वडाध्यक्ष दहवा थारू, आयोजक बाँसगढी गाउँ बडघर संस्थाका अध्यक्ष पुनेश्वर थारू, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराल, नगर खेलकुद विकास समितिका अध्यक्ष नयनबहादुर खत्री, मुख्य प्रायोजक धौलागिरी सप्लायर्सका सञ्चालक दिलु पौडेललगायतको उपस्थिति रहेको थियो ।
यस क्षेत्रको खेलकुद विकासमा थोरै भए पनि सकारात्मक योगदान दिने उद्देश्यले आफूहरूले प्रतियोगितामा मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको धौलागिरी सप्लायर्सका सञ्चालक दिलु पौडेलले जानकारी दिइन् ।
प्रतियोगिताका विजेताले नगद ५० हजार रूपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद २५ हजार रूपैयाँ पाउनेछन् । सेमिफाइनपछि हरेक खेलको म्यान अफ द म्याच घोषणा गरिने र आकर्षक पुरस्कारसमेत प्रदान गरिने खेल संयोजक कृष्ठबहादुर श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा १७ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये बिहीबार भएको पहिलो खेलमा आयोजक बाँसगढी युवा क्लब बीविरुद्ध माछागढ समूहले तीन गोल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्