स्व.दीपबहादुर स्मृति पुरस्कारबाट रावल पुरस्कृत



जुम्ला ।

स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार– २०८१ बाट पत्रकार मानदत्त रावल पुरस्कृत भएका छन् ।

डेढ दशकदेखि मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर कलम चलाउँदै आएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले नगद् १० हजारसहित पुरस्कृत गरेको हो ।

मानवअधिकारकर्मी तथा पत्रकार रावल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नयाँ पत्रिका दैनिकमा आबद्ध छन् । उनी महिला बालबालिका, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारका साथै आधारभूत मानवअधिकारका सवालमा कलम चलाउँदै आएका छन् ।

पुरस्कार हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले यस्ता सम्मान तथा पुरस्कारले पत्रकारिता क्षेत्रमा क्रियाशिलता ल्याउने गर्दछ । पत्रकारिता क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई यस्ता सम्मानले थप उर्जा मिल्ने बताए ।

पछिल्लो समयमा निवेदन माग गरेर पुरस्कार तथा सम्मान प्रदान गर्ने गरिएकोमा संस्थाले आफैँ मूल्यांकन गरेर पत्रकार रावललाई सम्मान गरिएको विश्लेषक तथा पुरस्कार छनोट समितिका सदस्य रामसिंह रावलले बताए ।

गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले लामो समयदेखि मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा रावल काम गर्दै आएको बताए । यो पुरस्कार तेस्रो संस्करण हो ।

यसअघि जुम्लाका पत्रकार सागर परियार, विजय रावत, बाँकेका अनिता विश्वकर्मा र कल्पना शाही सो पुरस्कृतबाट पुरस्कृत भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतबार