कोहलपुर ।
कोहलपुरमा रहेको पोखरा गहना पसलले अत्याधुनिक जर्मन प्रविधियुक्त मेसिनबाट सुन परीक्षण सेवा सुरु गरेको छ । शुक्रबार सांसद सूर्यप्रसाद ढकालद्वारा रिबन काटेर सो अत्याधुनिक जर्मन प्रविधियुक्त मेसिनबाट सुन परीक्षण सेवा सुरु गरिएको हो ।
विगतका वर्षहरूमा उच्च प्रविधिका मेसिन नहुँदा सुनचाँदीका गहना अन्य ठाउँमा लगेर गुणस्तरीय परीक्षण गर्नुपर्ने बाध्यता रहेकोमा अब त्यस्तो समस्या अन्त्य भएको उनले बताए ।
कोहलपुरमा पहिलोपटक पोखरा गहना पसलले उच्च प्रविधियुक्त मेसिन भिœयाएको भन्दै उनले खुसी व्यक्त गरे । गुणस्तरीय र विश्वसनीय सुनचादी कारोबार गर्न यसले मद्दत पुग्ने उनको विश्वास छ ।

पोखरा गहना पसलका प्रोप्राइटर बालकृष्ण विश्वकर्माले विगतका वर्षहरूमा प्रविधियुक्त सुन परीक्षण गर्ने मेसिन नहुँदा नेपालगन्जलगायतका सहरहरू धाउनुपर्ने बाध्यता रहेको बताए । सुनचाँदीको कारोबार गर्दा गुणस्तरका लागि यस मेसिनले धेरै सहयोग गर्ने र उपभोक्ताहरूमा अझै विश्वास कायम गर्न सकिने उनको भनाइ छ ।
विगत लामो समयदेखि कोहलपुरमा सुनचाँदी गहनाको कारोबार गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि सबैको माया पाउने विश्वास व्यक्त गरे । उच्च प्रविधियुक्त मेसिनको प्रयोगबाट उपभोक्ता ठगिनबाट बच्ने उनको दाबी गरे ।
सुनचाँदी व्यवसायीहरूका लागि नेपाल सरकारले स्पष्ट मापदण्ड र निर्देशिका बनाउनुपर्नेमा उनको जोड थियो । 









प्रतिक्रिया दिनुहोस्