नेपालगन्जमा हिरोको एक्सचेन्ज मेला



नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘एक्कासि मालामाल’ अफरअन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिने योजना ल्याएको छ । कम्पनीले यसअघि नै ‘दसैँ, तिहार २०८१ को बहार दुई चक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको थियो । यसअफरअन्तर्गत एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले अन द स्पट ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

बाँके ।

बाँकेको नेपालगन्जस्थित कारकाँदोमा हिरोको एक्सचेन्ज मेला आयोजना गरिएको छ । कोहलपुर र नेपालगन्जका लागि हिरोका मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता एमएस टे«ड इन्टरनेसनलको आयोजनामा एक्सचेन्ज मेला भइरहेको हो । हिरोका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सको समन्वयमा भइरहेको एक्सचेन्ज मेलामा विभिन्न अफरहरू राखिएको छ ।

कारकाँदो चोकनजिकै असोज १४ गतेदेखि सुरु भएको एक्सचेन्ज मेला असोज १९ गतेसम्म चल्ने एमएस टे«ड इन्टरनेशनल नेपालगन्जले जनाएको छ । नेपालीहरूका ठूला चाडबाडलाई लक्षित गरेर नेपालगन्जमा हिरोको एक्सचेन्ज मेला आयोजना गरिएको एमएस टे«ड इन्टरनेसनलका सेल्स म्यानेजर मनोज थारूले जानकारी दिए ।

‘असोज १४ गतेदेखि सुरु भएको एक्सचेन्ज मेलामा ग्राहकको उपस्थिति राम्रो छ,’ उनले भने, ‘यो अवसरमा हामीले विभिन्न अफरहरू समेत अगाडि सारेका छौँ ।’ मेलामा नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘एक्कासि मालामाल’ अफरअन्तर्गत हिरोका मोटरसाइकल तथा स्कुटर किन्दा बम्परमा कार जित्न सकिनेछ ।

 कम्पनीले यसअघि नै ‘दसैँ, तिहार २०८१ को बहार दुईचक्के किन्दा चार चक्के उपहार’ नारासहित उक्त अफर ल्याएको थियो । यस अफरअन्तर्गत एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले अन द स्पट ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।

कारकाँदोस्थित हिरोको एक्सचेन्ज मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो दुईपाङग्रे साधनसँग हिरोको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज पनि गर्न सक्ने एमएस टे«ड इन्टरनेसनलका सेल्स म्यानेजर थारूले बताए ।

उनका अनुसार एक्सचेन्ज अफरमार्फत हिरोमा मोटरसाइकल र स्कुटर खरिद गरेका ग्राहकले ५ हजार बराबरको एसोसिरिज (पार्टस)पनि निःशुल्क रूपमा पाउनेछन् ।

चाडबाड अफरअन्तर्गत हिरोका मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले अतिरिक्त उपहारको रूपमा हेल्मेट, बाइक कभर, ल्यापटप ब्याग, ग्लब्स, वाक्स, स्कुटरमा प्रयोग गरिने म्याट जस्ता सामान निःशुल्क पाउने बताइएको छ ।

नेपालगन्जस्थित मेलामा अहिले सबैभन्दा बढी पल्स २ सय सीसीको माग देखिएको सेल्स म्यानेजर थारूले जानकारी दिए । एक्सचेन्ज मेलामा विभिन्न मोडेलका स्कुटर तथा मोटरसाइकलहरू राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रबार