सुर्खेत ।
कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बाढीपहिरोबाट प्रभावितहरूको राहतका लागि कर्णाली प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग रकम उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।
शुक्रबारदेखि परेको वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनेको छ । उनका अनुसार उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले कोषमा सहयोग रकम दिने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०८१ असोज १६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्