गोरखा युनाइटेडमा शैक्षिक प्रदर्शनी



कोहलपुर ।

गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुरका नर्सरीदेखि यूकेजीका विद्यार्थीहरूले शैक्षिक प्रदर्शनी गरेका छन् ।

‘पढ्दै सिक्दँै’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले शैक्षिक प्रदर्शनी गरेका हुन् । विगतका वर्षहरूमा नर्सरीमा मात्रै सञ्चालन हुँदै आएको ‘पढ्दै सिक्दैँ’ कार्यक्रम यस वर्षबाट कक्षा १ देखि ३ कक्षासम्म सञ्चालन भएको स्कुलकी प्रधानाध्यापक साधना थापाले जानकारी दिइन् ।

उनका अनुसार कक्षा १ देखि ३ कक्षासम्मका विद्यार्थीहरूको पहिलो प्रर्दशनी रहेको छ ।

पूरानै घोकन्ते शिक्षा नभई अब खेल्दै पढ्दै गर्ने व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक रहेको शिक्षा कन्सल्टेन्सी एबिआई नेपालका सिइओ ढुन्डीराज गिरीले बताए । शिक्षकले बोल्ने बच्चाले सुन्ने प्रथाको अन्त्य गर्दै बच्चाले बोल्ने शिक्षकले हेर्ने अभ्यासमा शिक्षण सिकाइ अघि बढेको उनी बताउँछन्।

यस शैक्षिक सत्रबाट १ देखि ३ कक्षासम्म बुक लेस र हलुंगो झोलालाई प्राथामिकता दिएर ‘पढ्दै सिक्दँै’कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले बताए । सो अवसरमा विद्यार्थीहरूले आफैँले बनाएका विभिन्न शैक्षिक सामाग्रीहरू प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमबार