कैलाली ।
साढे ३ किलो चरेशसहित कैलालीमा दुई जना पक्राउ परेका छन् । गौरिगंगा नगरपालिका–८ बडैपुरबाट प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङ केदारस्युँ गाउँपालिका–६ बस्ने २३ वर्षीय गोविन्द धामी र धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालक ४१ वर्षीया मनमति ऐडी रावत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धामीलाई शंका लागेर जाँच गर्दा झोलाबाट २ किलो ७४० ग्राम चरेश बरामद भएको थियो ।
अनुसन्धानकै क्रममा प्रहरी बझाङ होटलमा पुग्दा त्यहाँबाट थप ७४० ग्राम चरेश फेला परेको डिएसपी बोहराले बताए ।
उनीहरू दुबै जनालाई चरेशसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्