सुर्खेत ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा हेडक्वाटर तानेर उनको ठाउँमा नयाँ डीआईजी पठाइएको हो ।
निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । उनको ठाउँमा अर्का डीआईजी जनक भट्टराईलाई पठाइएको छ ।
यसअघि २६ भदौमा रकम लेनदनमा मुछिएको आरोपमा मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो । उनलाई हेडक्वार्टरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो ।
उनको ठाउँमा अर्का डीआईजी लालमणि आचार्यलाई पठाइएको थियो । नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको थियो ।
प्रकाशित मिति : २०८१ असोज ८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्