कैलाली ।
बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । चितुवाको छालासहित जयपृथ्वी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी आइतबार पक्राउ परेका हुन् ।
सदरमुकाम चैनपुर नजिक बसपार्क क्षेत्रबाट उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ८ फिट २ इन्च लामो र ३ फिट २ इन्च चौडाइ भएको चितुवाको छाला प्रहरीले बरामद गरेको थियो । छालासँगै उनको साथबाट खैरो रङको दाँत र पन्जासमेत प्रहरीले फेला परेको जनाएको छ ।
चितुवाको छालासहित पक्राउ परेका जोशीलाई प्रहरीले डिभिजनल वन कार्यालयमा थप अनुसन्धानका लागि पेस गरेको र उनीमाथि वन्यजन्तुसम्बन्धी अपराधअन्तर्गत अनुसन्धान भइरहेको डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार
प्रतिक्रिया दिनुहोस्