पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाको अवधिमा ८६ फरार प्रतिवादी पक्राउ गरेको छ ।
प्रहरीले भदौ महिनामा विभिन्न कसुरमा दोषी ठहर भएर फरार भएका ८६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूबाट ८ वर्ष १० महिना १ दिन कैद र ४६ लाख ४२ हजार ९ सय जरिवाना असुल गर्न बाँकी रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले बताए ।
उनका अनुसार पक्राउ परेकामध्ये ६३ जना पुरुष र २३ जना महिला छन् ।
जसमा चेक अनादार मुद्दाका ५२ जना, लागूऔषध मुद्दाका ९ जना, चोरी सम्बन्धी कसुरका १ जना, अपहरण तथा शरीर बन्धक मुद्दाका १ जना, हातहतियार तथा खरखजना मुद्दाका १ जना, नागरिकता तथा छाप दस्तखत कीर्ते मुद्दाका १ जना, वनसम्बन्धी मुद्दाका २ जना, बाल यौन दुरुपयोग मुद्दाका २ जना पक्राउ परेका थिए ।
त्यसैगरी बैंकिङ कसुर मुद्दाका ६ जना, अभद्र मुद्दाका ३ जना, लेनदन मुद्दाका ३ जना, सवारी ज्यान मुद्दाका २ जना र जालसाझी मुद्दाका ३ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्