तीजको अवसर पारेर भदौ २१ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘रावायण’मा नायक पल शाह, पूजा शर्मा र प्रियंका कार्की र प्रमोद आग्रहरीको प्रमुख अभिनय रहेको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने चलचित्रमा श्याम अधिकारीको कथा, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
बाँके ।
नेपाली चलचित्र ‘रावायण’का अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई बाँकेको नेपालगन्जमा दर्शकहरूले भव्य स्वागत गरेका छन् । नेपालगन्जस्थित सिने रोयलमा उनीहरू आउने जानकारी पाएका दर्शकले मंगलबार घन्टौँ अगाडिदेखि पर्खेर बसेका थिए । पल शाहको प्रवेश हलपरिसरमा हुनेबित्तिकै दर्शकको उत्साह थपिएको थियो ।
नेपालगन्जको गर्मीको समेत प्रवाह नगरी हलबाहिरै दर्शकले उनीहरूलाई घेरा हालेका थिए । नेपालगन्जका सिने रोयल र क्यूएफएक्समा चलचित्र ‘रावायण’को प्रदर्शन भइरहेको छ । दुबै हलमा पुगेर मंगलबार दर्शकहरूसँग पल र पूजाले खुसी साटेका हुन् ।
मंगलबार सफलताका साथ चलिरहेको आफ्नो चलचित्र हेर्न आएका सयौँ दर्शकमाझ पुग्दा पाएको सुखद प्रतिक्रियाबाट पल र पूजा निकै खुसी देखिए । दर्शकमाझ अभिनेता शाहले आफ्नो चलचित्रको हेर्ने दर्शकलाई धन्यवाद व्यक्त गरेका थिए ।
दर्शकले चलचित्र राम्रो रहेको प्रतिक्रिया पाइरहेको अभिनेत्री पूजा शर्माले बताइन् । यो अवधिमा सबै दर्शकमाझ पुग्ने आफ्नो चाहना रहेको जानकारी दिइन् । ‘अहिले हामी पश्चिम नेपालका दर्शक भेटिरहेका छौँ । बिस्तारै हामी अन्य स्थानहरूमा पनि पुग्नेछौँ,’ दर्शकहरूमाझ शर्माले भनिन् ।
निर्मातासमेत रहेकी नायिका शर्माले फरक विधामा चलचित्र निर्माण भएको भन्दै सफल दर्शकहरूको देशभर नै राम्रो साथ पाइरहेको दाबी गरिन् । ‘यसअघि म र पल शाह सँगै भएको लभस्टोरी फिल्म मात्र यहाँहरू सामु लिएर आएका थियौँ,’ उनले भनिन्, ‘अहिले त्यो भन्दा फरक लिएर आएका छौँ । फिल्म राम्रो बनेको छ । यस फिल्मले अझै सफलता पाउँछ भन्ने कुरामा विश्वस्त छु ।’
मंगलबार नेपालगन्जमा दर्शकहरूसँग भेटघाट गरेका उनीहरूले आज दाङका दर्शकहरूसँग रहने बताइएको छ । भोलि भने उनीहरू बर्दिया हुँदै धनगढी पुग्नेछन् । तीज अवसर पारेर चलचित्र ‘रावायण’ भदौ २१ गतेबाट देशभर प्रदर्शनमा आएको थियो । चलचित्रमा नायक पल शाह, पूजा शर्मा र प्रियका कार्की र प्रमोद आग्रहरीको प्रमुख अभिनय रहेको छ ।
चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् भने चलचित्रमा श्याम अधिकारीको कथा, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्