कोहलपुर ।
पछिल्लो समय हरितालिका तीज पर्व भड्किलो र खर्चिलो बनिरहेको बेला कोहलपुर उद्योग वाणिज्य संघले नयाँ सन्देश दिएको छ । तीजको अवसर पारेर विभिन्न संघ संस्था र व्यक्तिहरुले भड्किलो,खर्चिलो दर खुआउने क्रम बढेको समयमा उद्योग वाणिज्य संघले मानविय सेवाभावलाई जोड दिएर पनि दर खान सकिन्छ भन्ने नयाँ सन्देश दिएकोे छ ।
सोमबार कोहलपुर उद्योग वाणिज्य संघले हरितालीका तीजको अवसरमा नीलसागर सेवाश्रम खाद्यान्न, लत्ताकपडा सहित आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कुशे औशी तथा बाबाको मुख हेर्ने दिन सोमबार एक कार्यक्रमका बीच दर खुआउनुका सथै सहयोग हस्तान्तरण गरेको हो । हरितालिका तीजको अवसरमा अन्य खर्चिला गतिविधीहरु गर्नुभन्दा सेवाश्रमा रहेका घरवार विहिन असाहय दुःखीहरु सँग तीजको दर खाने कार्यक्रम सँगै सहयोग गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण राज पौडेलले बताए ।
उनका अनुसार तीजको दर ठुला होटल र पार्टी प्यालेसा नभइ सेवाश्रमा एक दिन भएपनि खुशीयाली साटेको उनको भनाइ छ । ‘कतिपए मानिसहरु एक छाक खान नपाएर तड्पीएर बाचेका छन्,उनले भने,‘हामी दरको नाममा पार्टी प्यालेस धाएर लाखौँ खर्च गरेर मनाउने गरेका छौँ ।’ त्यसैले अब फजुल खर्च नगरी सेवाश्रममा एक छाक भएपनि खानाको लागि सहयोग गर्दा पुन्य कमाइने उनले बताए ।
सामाजिक उत्तरदायित्व बहन अन्र्तगत संघले यस पटक पनि नीलसागर कोहलपुरलाई सहयोग प्रदान गर्दै आएको पनि उनले मिसन टुडेलाई जानकारी दिए । ‘चाड पर्वहरु नजिकिदै गर्दा नीलसागरमा आश्रित जेष्ठ एवम् ससाहय नागरीकहरुमा चाड पर्वको उत्साह एवम् हर्ष–उल्लास बढाउन हामीले सहयोग हस्तान्तरण गरेका छौ’उनले भने,‘भड्किलो र खर्चिलो गर्ने रकमले आश्रम सहयोग र दर खुआएका छौँ ।’
पछिल्लो समय तीज मौलिकता नभइ भड्किलो र खर्चिलो बन्दै गएको प्रति उनले चिन्ता व्यक्त गरे । अरुको देखासिकी नभइ आफ्नो क्षमता अनुसार हर्ष उल्लासका साथ तीज मनाउन उनले आग्रह गरे । उनका अनुसार संघले १० बोरा चामल, १० केजी दाल, १ पेटी तेल, नुन लगाएत लत्ताकपडा नीलसागर कोहलपुर प्रमुख अञ्जु न्यौपानेमार्फत सहयोग हस्तान्तरण गर्नुका साथै दर खुआएको जानकारी दिए ।
गत वर्ष पनि कुशे औशी तथा बाबाको मुख हेर्न दिनको अवसरमा संघले नीलसागर कोहलपुरलाई खाद्यान्न सहित नगद सहयोग गरेको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष कर्ण बहादुर थापाले मानविय सेवा नै परम् धर्म भएकाले सबै नागरीकहरुमा मानविय सेवा भावको विकास हुनुपर्नेमा जोड दिए । उनले बाबाको मुख हेर्ने दिनको अवसरमा स्वर्गिय बाबाको स्मृतीमा ७ हजार एक सय रुपौयाँ नीलसागरलाई सहयोग उपलब्ध गराएका छन् ।
यस्तै संघका कार्यालय प्रमुख धन प्रसाद धितालले पनि नीलसागरलाई स्वर्गिय बुवाको स्मृतीमा २५ केजी चिउरा र लत्ता कपडा सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा संघका पूर्व अध्यक्षहरु राजेन्द्र श्रेष्ठ, चिन्तामणी धिताल, वर्तमान कार्यसमिति पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्