बाँके ।
कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले पुस्तकालय सबैको साझा थलो भएकाले यसलाई जोगाउनुपर्ने बताएका छन् । पुस्तकालय स्थानीय सरकारको सम्पत्ती भएको बताउँदै यसमार्फत समाजमा उठेका विभिन्न विषयमा बहस चलाउनुपर्ने धारणा उनले व्यक्त गरे ।
शनिबार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको २०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले यस्तो बताएका हुन् । आगामी दिनमा नगरपालिकाले पुस्तकालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समिति बाँकेका उपाध्यक्ष सीता कार्कीले पुस्तकालयले दीर्घकालसम्म पनि भाषा, कला, साहित्य, संस्कार, संस्कृति लगायतका कुरालाई जोगाउन पहल गर्नुपर्ने बताइन् । कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुटबहादुर रावतले पुस्तकालय सबैको साझा संस्था भएकाले यसको विकासमा सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।
उनले पुस्तकालयले समाजमा गर्दै आएका चेतनामुलक कार्यक्रमले समाजलाई सही बाटोमा डो¥याउन पहल गर्ने बताएका थिए ।
कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, नेपाली काँग्रेसमा नगर सभापति वीरेन्द्रकुमार शाह, नेकपा एमाले कोहलपुर नगर कमिटि अध्यक्ष कुलबहादुर भट्टराई लगायतले पुस्तक र पुस्तकालय समाजको रंग भएकाले यसको उत्थानमा सबैजना एकजुट भएर लाग्नुपर्ने बताए ।
पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयले सुरू गरेको नगर सूचना केन्द्रलाई सबैखालका सूचना प्रदान गर्न आग्रह गरेका थिए । नगरका सबैखाले सूचना पुस्तकालयबाटै प्रवाह गर्न सकिने र संस्थाको नाममा रहेको खाली जमिनमा आवश्यक भवन निर्माणको लागि नगरपालिका, अन्य दाताहरूलाई सहयोग गर्न समेत उनले आग्रह गरे ।
पुस्तकालय दिवसको अवसरमा पाक्षिक रूपमा सञ्चालन भएको विभिन्न कार्यक्रमका बिजेताहरूलाई नगद र प्रमाणपत्रले समेत सम्मान गरिएको थियो । सो अवसरमा पुस्तकालयले आफ्नो बार्षिक साधारण सभामा विभिन्न क्षेत्रमा काम गर्नेहरूलाई सम्मान समेत गरेको थियो ।
सम्मान हुनेहरूमा स्वर्गीय हरिप्रसाद पौडल स्मृती समाजसेवी पुरस्कारबाट कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुटबहादुर रावत, नियमित पाठकतर्फ निमबहादुर थापा, वर्ष पुस्तक दाताको रूपमा भरत पनेरू, सरसफाई अभियानमा सहयोगकर्ता कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापा, शैक्षिक संस्थामा सहयोग तथा अक्षयकोष निर्माण गर्ने शिक्षाप्रेमी कमला मल्ल, पुस्तकालयलाई नगर सूचना केन्द्र निर्माण गर्न सहयोग गर्ने गोबिन्दप्रसाद पाण्डे र पूर्व कार्यसमितिहरूबाट उपाध्यक्ष लालबहादुर राना, सचिव सुशिल सापकोटा, सहसचिव निर्मल आचार्य, कोषाध्यक्ष रजनी शर्मालाई सम्मान गरिएको थियो ।
यस्तै पुस्तकालयले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा निर्णायकको भूमिका निर्वाह गरेका भद्र सुवेदी, मोहनप्रसाद उपाध्याय, राजबिक्रम चन्द, सुशिल वि.सी., सामर्थ थापा, जयश्वर पौडेल, नारायणी सिग्देल र ललितप्रकाश चन्दलाई कदरपत्र प्रदान गरेको थियो ।
कोहलपुर नगर क्षेत्रभित्र रहेका राष्ट्रिय परिक्षा बोर्ड आ.व. २०८०/०८१ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालय क्रमशः त्रिभुवन नमुना मा.वि., जीवन ज्योति मा.वि. पञ्चमुखी मा.वि र जनज्योति पब्लिक स्कुललाई सम्मान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्