कोहलपुर ।
लायन्स क्लब अफ कोहलपुरले जन्मदिनको अवसरमा ‘मानवताको लागि सभ्यताको घर बालआश्रममा’ खाद्यान्न तथा कपडा वितरण गरेको छ । क्लबका कोषाअध्यक्ष रामचन्द्र रिजाल र सदस्य ऋषिराम सापकोटाले आफ्नो जन्मदिनको अवसरमा लायन्स क्लब अफ कोहलपुरको समन्वयमा खाद्यान्न तथा कपडा वितरण गरेका हुन् ।
बैजनाथ गाउँपालिका–३ रहेको ‘मानवताको लागि सभ्यताको घर बालआश्रममा’ रहेका स–साना १२ जना बालबालिकालाई खाद्यान्न तथा कपडा वितरण गरिएको क्लबका अध्यक्ष समर बस्नेतले बताए । विगत लामो समय देखि लायन्स क्लब कोहलपुरले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको साटो मानविय कार्यमा जोड दिदैँ आएको उनको भनाइ छ ।
अनार्थ बालबालिका सँग जन्मदिन मनाउँन पाउदा खुसी लागेको रिजाल र सापकोटाले बताए । जन्मदिनको अवसरमा सयुक्त रुपमा बालबालिकालाई करिब २५ हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्