नेशनल प्याब्सन बैजनाथ कमिटिद्धारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न



कोहलपुर ।
नेशनल प्याब्सन बैजनाथ इकाई कमिटिले आधारभूत तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार नेशनल प्याब्सनका केन्द्रिय उपमहासचिव कुशुम रानाभाटको प्रमुख अतिथ्यतामा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।प्रतियोगितामा आधारभूत तहका ११ वटा विद्यालयहरु सहभागी भएका थिए।

जसमा प्रतियोगिताको प्रथम लिटिल फ्लावर एकेडेमी,सम्झना इलाइट एकेडेमी दोस्रो र नोबेल इंग्लिश मिडियम स्कुल तेस्रो भएको थियो ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका उपहासचिव रानाभाटले देशभरको नेशनल प्याबसन कमीटिहरु मध्य सक्रिय र पहिलो कमिटि बैजनाथ रहेको बताए ।

प्रत्येक वर्ष विद्यार्थीहरुको अन्तर्निहित क्षमता प्रस्फुर्टन गर्न बैजनाथ कमिटिले गरेको काम सह्रायिन रहेको उनको भनाइ छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनले बताए । प्रतियोगितामा हारजित भएपनि अध्यानगर्न नछाड्न र कोसिस जारी राख्न विद्यार्थीहरुलाई आग्रह गरे ।

त्यस्तै नेशनल प्याब्सन बाँके जिल्ला अध्यक्ष किशोर राज मल्लले विद्यार्थीहरुले आफूभित्र रहेको क्षमता र बौद्धिकताको परिक्षण गर्ने सुनौंलो अवसर रहेको उनले बताए। आगामी दिनहरुमा पनि नेशनल प्याब्सन बैजनाथ इकाई कमिटिले यस्ता कार्यहरुलाई निरन्तरता दिन समेत उनले आग्रह गरे ।

वार्षिक क्यालेन्डर अनुसार पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको बैजनाथ इकाई कमिटिका अध्यक्ष कमानसिंह थापाले बताए। प्रतियोगितामा प्रथम हुने लिटिल फ्लावर एकेडेमीलाई ट्रफी र प्रमाणपत्र, दोस्रो हुने सम्झना इलाइट एकेडेमीलाई पनि ट्रफी र प्रमाणपत्र र तेस्रो हुने नोबेल इंग्लिश मिडियम स्कुललाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिएको उनले मिसन टुडेलाई जानकारी दिए ।

आगामी दिनहरूमा समेत नेशनल प्याब्सन बैजनाथ इकाई कमिटिले यस्तै सिर्जनात्मक गतिविधिहरू गर्ने सचिव थोमस ताम्राकारले प्रतिवद्धता जनाएका थिए।

 

प्रकाशित मिति : २०८१ भदौ १ गते शनिबार