सुशासनको लागि सूचना महत्वपूर्णः सभामुख घर्ती



कोहलपुर ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गोपनीयताको नाममा सूचना लुकाउन नहुने बताएका छन् । शुक्रबार बाँकेको कोहलपुरमा सुशासनको लागि सूचनाको हक विषयक लुम्बिनी प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

कार्यालयका सूचना अधिकारी र राष्ट्रिय सूचना आयोगलाई गोपनीयताको नाममा सूचना नलुकाउन उनले आग्रह गरे । सुशासनको लागि सूचना महत्वपूर्ण कुरा रहेको बताउँदै सभामुख घर्तीले गोष्ठीमा सहभागी सांसदहरूलाई सूचना हकको विषयमा गहन छलफल गर्न र आम नागरिक तहसम्म पु¥याउन आग्रह गरेका थिए ।

अहिले पनि कतीपय स्थानीय नागरिकहरूलाई सूचना हक भनेको के हो ? कहाँबाट सूचना प्राप्त गर्नुपर्छ भन्ने कुरा समेत थाहा नभएको उनले बताए । सभामुख घर्तीले सूचनाको हक लागू भएको लामो समय बितिसक्दा पनि आमनागरिक तहसम्म पु¥याउन नसकिएको बताएका थिए ।

सूचना आयोग केन्द्रमा मात्रै रहेकाले यसलाई स्थानीय र प्रदेश तहसम्म लागूगर्न जरुरी रहेको उनको भनाई रहेको थियो । ‘सूचना हाम्रो अधिकार सुशासन र विकासको आधार’ भन्ने नाराका साथ सुशासनका लागि सूचनाको हक विषयक लुम्बिनी प्रदेशस्तरीय दुई दिने गोष्ठी कोहलपुरमा सञ्चालन भएको राष्ट्रिय सूचना आयोगका सचिव युवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुशासन र पारदर्शितामा सूचनाले टेवा पु¥याउने उनले बताए । अहिले जनशक्ति अभाव, आर्थिक अभाव लगायतका कारण सोचे अनुसार सूचनाको हक अधिकार नागरिकसम्म पु¥याउन नसकेको उनको भनाई रहेको थियो ।

लुम्बिनी प्रदेशका सांसदहरू र पत्रकारहरूमार्फत आम नागरिकसम्म सूचना पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिबार