सुर्खेत ।
भोलि शुक्रबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।
नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी उत्तम गौतमले जानकारी दिए ।
यो वर्षको नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते भोलि परेको छ । उक्त दिन कर्णाली प्रदेशभित्रका सम्पूर्ण सरकारी संघ, संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो ।
प्रकाशित मिति : २०८१ साउन २४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्