छाडा पशु चौपाया व्यवस्थापन गर्दै कोहलपुर



बाँके ।

कोहलपुर क्षेत्रमा रहेका छाडा पशु चौपायालाई व्यवस्थापन गर्न थालिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र ट्राफिक प्रहरीको समन्वयमा कोहलपुर नगरपालिकाले शनिबारदेखि छाडा पशु चौपायाको व्यवस्थापन गर्न थालेको हो ।

पहिलो दिन शनिबार नगर क्षेत्रमा रहेका ८८ वटा छाडा पशु चौपायाको व्यवस्थापन गरिएको कोहलपुर नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार छाडा पशु चौपायालाई संकलन गरेर राप्ती सोनारी गाउँपालिका– २ शम्शेरगन्जमा रहेको मंगल राधिका सदानन्द गौ सेवा धाममा पु¥याइएको थियो ।

‘नगर क्षेत्रमा रहेका छाडा पशु चौपायालाई चप्परगौडीमा रहेको जन ज्ञानज्योती व्धिालयको खेल मैदानमा जम्मा गरेर पैदलमार्गबाट ८८ वटा पशुचौपाया गौ सेवा धाममा पु¥याएका हौं’ उनले मिसन टुडेसँग भने, ‘हाम्रो लागि छाडा पशु चौपाया व्यवस्थापन चूनौती बन्दै गएको छ ।’

कोहलपुर क्षेत्रमा रहेका छाडा पशु चौपायाको संरक्षण र व्यवस्थापनका लागि गौ सेवा धामसँग भएको सहमति अनुसार ती पशु चौपाया संकलन गरि पठाइएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनका अनुसार छाडा पशु चौपायाका कारण नगरपालिकाको हरित नगर अभियानमा समेत असर परिरहेकोले त्यसको व्यवस्थापन गर्न खोजिएको हो ।

पछिल्लो समय बढ्दै गएका छाडा पशु चौपायाले सवारी दुर्घटना बढ्नुका साथै नगर क्षेत्रमा रोपिएका बोटबिरुवामा नोक्सानी पु¥याउँदै आएका थिए । गाउँ क्षेत्रमा भने किसानले लगाएका बालीनालीमा क्षती पु¥याउँने गरेका छन् ।

‘सवारी दुर्घटनामा बढ्नै मात्रै होइन, नगरपालिकाले लगाएका बिरुवामा समेत क्षती पु¥याइरहेका थिए’ नगर प्रमुख आचार्यले भने, ‘किसानहरूबाट पनि बालीनाली खाइदिएको गूनासो आइरहेको छ । त्यसैले हामीले छाडा पशु चौपायाको व्यवस्थापन थालेका हौं ।’

कोहलपुर नगर क्षेत्रका छाडा पशु चौपाया संकलन तथा व्यवस्थापनका लागि कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष बीरेन्द्रकुमार शाहको नेतृत्वमा वडा नम्बर १३ का वडाध्यक्ष डम्बरबहादुर खड्का, जनप्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी स्थानीयबासी लगायत जुटेका थिए ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतबार