बाँके ।
कोहलपुरमा शुक्रबारदेखि जेसीज सप्ताह २०२४ सुरु भएको छ । कोहलपुर जेसीज २०२४ को आयोजनामा सुरु भएको सप्ताहको कोहलपुर न्यूरोडमा जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरमा प्रमुख ट्राफिक प्रहरी निरीक्षक गोपीकृष्ण सुबेदीले उद्घाटन गरेका थिए ।
जेसीज सप्ताहको पहिलो दिन शुक्रबार ट्राफिक सचेतना कार्यक्रम र स्लो बाइक प्रतियोगिता गरिएको कोहलपुर जेसीज २०२४ का महासचिव मदन भण्डारीले जानकारी दिए । उनका अनुसार ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनहरूमा सूचनामुलक स्टिकरहरू टाँसिएको थियो ।
‘विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि जेसीज सप्ताहको उद्घाटन भएको छ’ उनले मिसन टुडेसँग भने, ‘शुक्रबार ट्राफिक सचेतनासम्बन्धी कार्यक्रमहरू गरिएको थियो ।’
जेसीज सप्ताहकै अवसरमा शुक्रबार कोहलपुर न्यूरोडमा स्लो बाइक रेस प्रतियोगिता समेत गरिएको कोहलपुर जेसीज २०२४ का अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । ३० जना सहभागी भएको स्लो बाइक रेस प्रतियोगितामा प्रदिव यादव विजेता बनेको उनले बताए ।
‘तीव्र गतिमा सवारी चलाउँदामात्रै होइन स्लो चलाउँदा समेत गतव्यमा पुग्न सकिन्छ भनेर प्रतियोगिता गरिएको हो’ उनले भने, ‘यसले सवारी तीव्र गतिमा होइन स्लो गतिमा चलाउनुपर्छ भन्ने सन्देश दिएको छ ।’
जेसीज सप्ताहका अवसरमा किशोरी आत्मरक्षा तालिम, व्यक्ति तथा नेतृत्व विकासका तालिम लगायत हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्