कोहलपुर ।
कोहलपुरमा रहेको ज्ञान बहुमुखी क्याम्पसमा ‘शैक्षिक पलायन र रहर कि बाध्यता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसमा बुधबार डोलराज अर्यालको प्रमुख आतिथ्यतामा वक्तृत्वकला भएको थियो ।
सो अवसरमा बोल्दै उनले पछिल्लो समय शैक्षिक पलायन हुने विद्यार्थीहरूको संख्या डरलाग्दो रहेको बताए ।१२ कक्षा पास गर्न साथ देश छाड्ने प्रवृत्तिले अहिले दक्ष जनशक्ति पाउन मुस्किल रहेको उनको भनाइ रहेको थियो । नेपालमै थुप्रै अवसरहरू रहेकाले राम्रोसँग पढेर नेपालमैंँ केही गर्न सकिने उनले बताएका थिए ।
विदेशमा सोचे जस्तो र भने जस्तो नहुँने भएकाले नेपालमै बसेर केही गर्न उनले आग्रह गरे । वक्तृत्वकलामा बिएड दोस्रो वर्षका छाब कुमिल थारू प्रथम भएका थिए । प्रतियोगितामा गणेश रावत दोस्रो, विनय बिष्ट तेस्रो र दिपेश रोकाय चौथौं भएका थिए ।
बिजेताहरूलाई प्रमाणपत्र, डायरी, कलम लगायतका पुरस्कार वितरण गरिएको क्याम्पस प्रमुख टेकबहादुर गुरुङले जानकारी दिए । अहिले गुणस्तर शिक्षा नेपालमै निजी संस्था स्थापना भई प्रदान गरिहेकाले शैक्षिक पलायन रोक्न जरूरी रहेको उनले बताए । ‘ज्ञान बहुमुखी क्याम्पसले सोही अनुरुप अहिलेको समय अनुसार विषयबस्तु दिएर शैक्षिक पलायन रोक्न केही आवाज उठाएको छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्