17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

गायिका अस्मिताको प्रस्तुतिलाई बाँसगढीमा स्वागत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ ७, २०८०  

मधुर पौडेल । बाँसगढी ।
बाँसगढीमा सञ्चालित वाइवाइ छैटौँ माघ महोत्सवमा शनिबार गायिका अस्मिता अधिकारीले जोडदार प्रस्तुति दिएकी छन् । गायिका अधिकारीका गीतमा दर्शक श्रोताले भरपूर मनोरञ्जन लिएका थिए । महोत्सवमा शनिबार सातौँ दिन गायिका अधिकारीले ‘राम राम मरौटी…,’ ‘साली मन प¥यो…,’ ‘काले केटाले…’ लगायतका ७ वटा गीत गाएकी थिइन् ।

करिब डेढ घन्टा प्रस्तुति दिएकी अधिकारीलाई प्लोरबाट दर्शक श्रोताले साथ दिएका थिए । गायिका अधिकारीलाई दर्शक श्रोताले अत्यधिक रुचिपूर्वक सुनेका थिए । उनी पनि यसअघि झैँ दर्शकदीर्घाबाट ‘वान्स मोर’ की हकदार बनेकी थिइन् । दर्शकको आग्रहलाई स्वीकार गर्दै उनले एउटा गीत दुई पटक गाएकी थिइन् ।

बाँसगढीमा पहिलोपटक आएकी अधिकारीले बाँसगढीका दर्शकले आफूलाई स्वीकार गरेकोमा धन्यवाद व्यक्त गरिन् ।त्यसैगरी, महोत्सवमा गायिका ज्योती मगरले आफ्नो प्रस्तुतिमार्फत युवायुवतीलाई आकर्षित गरेकी थिइन् । त्यस्तै, मोडल आरुषी मगरको नाचमा दर्शकसमेत नाचेका थिए । गायक आरके थारूले थारू भाषाका गीतमा दर्शकलाई नचाएका थिए ।

महोत्सवमा आज गायक तथा मोडल दुर्गेश थापा, गायिका एलिना चौहान, हास्यकलाकार सुबोध गौतमलगायतका कलाकार आउने आयोजकले जनाएको छ । महोत्सवमा आज पनि दर्शकको घुइँचो लागेको थियो । पुस २९ गतेदेखि जारी महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।

प्रकाशित मितिः आइतवार, माघ ७, २०८०     8:49:48 AM  |