20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

मणिरत्नको राम साँइली गीत सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस १५, २०८०  

कोहलपुर।
गीतकारद्वय मणिरत्न र प्रभा बर्तौलाका शब्दमा चर्चित एवम् लोकप्रिय गायक गायिका टंक तिमिल्सिना र मेलिना राईको स्वरमा राम साँइली बोलको गीत सार्र्वजनिक भएको छ । सो गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ ।

टंक तिमिल्सिनाको संगीत रहेको सो गीतमा मौसम हिमालीले निर्देशन गरेका छन् । गीतको भिडियोमा कलाकारहरू दीपक ढकाल, मौनता अर्याल, दिनेश नेपाली र लक्ष्मी विकले उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।

लोकलयमा आधारित सो गीत युट्युबबाट हालै सार्वजनिक भएको हो । सो गीत २४ घन्टाभित्र ६० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।

 

प्रकाशित मितिः आइतवार, पुस १५, २०८०     6:41:13 AM  |