17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

स्वास्थ्य शाखा प्रमुखलाई जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेपछि…

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १३, २०८०  

झापा ।

झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ ।

‘जंगलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई स्पष्टीकरण समेत सोधेको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशन अनुसार बस्नेतलाई ३ दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले बताए । ‘घटना समाजिक सञ्जालमा आएको देखिएको छ, त्यो घटना के हो भन्ने पनि थाहा छैन,’ उनले भने, ‘तर, नैतिक प्रश्न उठेकाले स्पष्टीकरण सोधेका हौं ।’

घटना कार्यालय, कार्यालय समयमा नभएको भन्दै उनले कहाँ कहिले घटना भएको हो भन्ने पनि स्पष्ट नभएको बताए । उनले सिनियर अहेब समेत रहेका न्यौपानेसँग देखिएकी युवती को हुन् भन्ने पनि जानकारी नभएको बताए ।

प्रकाशित मितिः शनिबार, अशोज १३, २०८०     8:02:50 AM  |