आमा-छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि इटहरी तनावग्रस्त



विराटनगर ।

आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि सुनसरीको इटहरी तनावग्रस्त बनेको छ। केहीबेरअघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारणबीच झडप भइरहेको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन।

कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले को१४प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका छन्।

स्थानीयवासीले टिपर तोडफोड गरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार