23 September 2023  |   शनिबार, अशोज ६, २०८०

अमेरिकामा शाहरुख खान सुटिङकै क्रममा दुर्घटनामा परे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १९, २०८०  

बलिउड अभिनेता शाहरुख खान यतिखेर चर्चामा छन्।

उनको पछिल्लो फिल्म पठानले १ हजार करोडभन्दा माथिको कलेक्सन गरेर बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ भने उनको आउँदो फिल्म ‘जवान’को पनि चर्चा लगातार चुलिइरहेको छ। यसबिच खानको विषयमा फरकखाले समाचार आएको छ – उनी दुर्घटनामा परे। त्यो पनि अमेरिकामा।

लस एन्जल्समा सुटिङका क्रममा उनी सानो दुर्घटनाको सिकार हुन पुगे। ठोक्किँदा नाकबाट उनको रगत निस्किन रोकिएन। तत्कालै उनलाई अस्पताल पुर्‍याइयो। अस्पतालबाट डाक्टरहरुले सुटिङ युनिटलाई दिएको जानकारी अनुसार – चोट सामान्य छ। सामान्य शल्यक्रिया गरेपछि त्यो ठीक हुन्छ।

उनको अपरेशन पनि भयो र उनी नजिकका व्यक्तिहरुले उनलाई नाकमा व्यान्डेजसहित देखेको टाइम्सअफइन्डियाले जनाएको छ। यो खबर यसरी सार्वजनिक हुँदा शाहरुख भारत फर्किसकेका छन्।

शाहरुखको जवानपछि राजकुमार हिरानी निर्देशित दुङ्कीमा तपसी पान्नु र विक्की कौशलसँगै उनी लिड रोलमा देखिने छन्।

प्रकाशित मितिः मङ्लबार, असार १९, २०८०     3:05:05 PM  |