नेपालगन्ज ।
चलचित्र बुलाकी आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।
जारी प्रर्थाको कथामा निर्माण भएको चलचित्र बुलाकीको निर्माण पक्ष र कलाकारको टीमले नेपालगन्जमा पत्रकारसँग साक्षात्कार गर्दै खस भाषामा बनाइएको चलचित्र मनोरन्जनले भरिपूर्णका साथै सन्देशमूलक रहेको पनि बताएको छ ।
चलचित्रमा मुख्य पात्रको भूमिका निभाएकी अभिनेत्री सुरक्षा पन्तले चलचित्रमा खस लवजमा मनोरञ्जनात्मक खुराकहरु रहेको बताइन् । चलचित्र पत्रकार संघ बाँके शाखाले आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा उनले चलचित्रले अत्यधिक माया पाउने विश्वास व्यक्त गरिन् । चलचित्रमा कर्णाली क्षेत्रमा प्रचलित जारी प्रथाको कथा रहेको उनले खुलाइन् ।
चलचित्रमा पन्तसँगै नरेन खड्का, अभिनेता विराज बिष्ट, लक्ष्मी गिरी, रमेश बुढाथोकी, कुलदीप अधिकारीलगायतका कलाकारको अभिनय छ । चलचित्रलाई मोति बिष्टको प्रस्तुतिमा टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।
यसैबीच चलचित्र बुलाकीको निल सागर सेवा आश्रमको सहयोगार्थ बिहीबार च्यारिटी शो पनि गरिएको छ । उठेको रकम आश्रमका लागि सहयोगार्थ हुने भएकोले चलचित्र प्रदर्शन गर्न गरिएकोे आश्रमका अध्यक्ष सरिता खनालले बताइन् ।
प्रतिक्रिया दिनुहोस्