21 April 2024  |   आइतवार, बैशाख ९, २०८१

बुलाकीमा कर्णालीको कथा छ : सुरक्षा पन्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ३०, २०७९  

नेपालगन्ज,  चलचित्र बुलाकी आज शुक्रबार देखि प्रदर्शनमा आउँदै छ । जारीको कथामा निर्माण भएको चलचित्र बुलाकीको निर्माण पक्ष र कलाकारको टीमले नेपालगन्जमा विहीबार पत्रकारसँग साक्षात्कार गर्दै खस भाषामा बनाइएको चलचित्र मनोरन्जनले भरिपूर्णका साथै सन्देशमूलक रहेको पनि बताएको छ । चलचित्रमा मुख्य पात्रको भूमिका निभाएकी अभिनेत्री सुरक्षा पन्तले चलचित्रमा खस लवजमा मनोरन्जनात्मक खुराकहरु रहेको बताइन् ।

चलचित्र पत्रकार संघ बाँके शाखाले आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा उनले चलचित्रले अत्याधिक माया पाउने विश्वास व्यक्त गरिन् । चलचित्रमा कर्णाली क्षेत्रमा प्रचलित जारी प्रथाको कथा रहेको उनले खुलाइन् ।

चलचित्रमा पन्तसँगै नरेन खड्का, अभिनेता विराज बिष्ट, लक्ष्मी गिरी, रमेश बुढाथोकी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई मोति बिष्टको प्रस्तुतिमा टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । यसैबीच चलचित्र बुलाकीको निल सागर सेवा आश्रमको सहयोगार्थ विहीबार च्यारिटी शो पनि गरिएको छ । उठेको रकम आश्रमका लागि सहयोगार्थ हुने भएकोले चलचित्र प्रदर्शन गर्न गरिएकोे आश्रमका अध्यक्ष सरिता खनालले बताइन् ।

 

प्रकाशित मितिः बिहिबार, चैत्र ३०, २०७९     10:06:37 PM  |