कोहलपुर ।
सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत रत्न राजमार्गको कोहलपुर नगरपालिकाको सीमा क्षेत्रमा रहेका सडक अतिक्रमण हटाइने भएको छ ।
कोहलपुर नगरपालिका अन्तर्गत रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रअन्तर्गत विभिन्न क्षेत्रमा सडक अतिक्रमण हटाइने भएको हो ।
सडक डिभिजन कार्यालय नेपालगन्ज र कोहलपुर नगरपालिकाले सडक सीमा अतिक्रमण हटाउनको सूचना नै जारी गरेको छ ।
सूचनाअनुसार वडा नम्बर १४ पार्वतीपुरदेखि वडा नम्बर १ को बानियाभार जोड्ने पुल तथा पूर्व–पश्चिम राजमार्गको वडा नम्बर १३ को रोहिणीखोलादेखि वडा नम्बर ३ जोड्ने मैटहवासम्म सडक सीमा क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन निर्देशन दिइएको हो । उक्त संरचना हटाउन ३५ दिनको समयसीमा दिइएको छ ।
सार्वजनिक सडक ऐन २०३१ बमोजिम सडकको केन्द्रबाट दाँया बाँया दुवैतर्फ २५÷२५ मिटर सडक सीमाभित्र सार्वजनिक हित प्रतिकुल हुने गरी निर्माण गरिएका सम्पूर्ण संरचना हटाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्