हर्रे नजिकै बसको ठक्करबाट बैजनाथका ठकुरीको मृत्यु



बाँके ।

बैजनाथ गाउँपालिका– ४ का रमेश चन्द ठकुरीको कोहलपुर aसुर्खेत सडक खण्डको हर्रे नजिकै बसको ठक्करबाट मृत्यु भएको छ ।

हर्रे र छिन्चुको बिच जङ्गलमा ओभरटेक गर्ने क्रममा कर्णाली प्रदेश ०२००१ (क) ००११ नम्बर बसले उनी सबार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उनको दुर्घटनास्थलबाट तत्कालै उद्दार गरेर उपचारका लागि स्थानीय अस्पतालमा लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस ९ गते शनिबार