सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-७ को रोडिकोटमा मतदान गर्न जाने क्रममा एक जना वृद्धको मृत्यु भएको छ । कोट माध्यमिक विद्यालय मतदान केन्द्रमा जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ । केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्