बुटवल ।
दुईजना किशोरीलाई अपहरण गरी सामूहिक जबरजस्ती करणीमा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार रुपन्देहीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी बस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैँडहवा गाउँपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर बस्ने १८ वर्षीय राहुल परियार, वर्षीय १७ का परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी बस्ने वर्षीय १८ का बबि पाण्डे, वर्षीय १५ का परिवर्तित नाम एस बि, गैँडहवा गाँउपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर बस्ने वर्षीय २६ का रामबहादुर विक, वर्ष १६ का परिवर्तित नाम ए पस र वर्षीय १४ का परिवर्तित नाम एस एसलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको सांस्कृतिक कार्यक्रम हेरी दाजुहरूसँगै रातको सवा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाइकलमा आएका १२/१३ जना मानिसहरूको समूहले दुई किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार पिछा गर्दै आएका व्यक्तिहरूले मोटरसाइकल तेर्साइ बाटो छेकी घरेलु धारिलो हतियार देखाई पीडित बालिकासँगै रहेका मानिसहरूलाई शारीरिक आक्रमण गरी १५ वर्षीया र १६ वर्षीया नाबालिगहरूलाई तीनवटा मोटरसाइकलमा अपहरण गरी लगेका थिए ।
ती मध्ये ६ जनाको समूहले १६ वर्षीया नाबालिगलाई कञ्चन गाउँपालिका २ स्थित गोफ्लापुरस्थित कञ्चन खोलाको एकान्त किनार बगरमा लगी पालैपालो जबरजस्ती करणी गरेका थिए । त्यसक्रममा नाबालिक चिच्याएपछि गाउँलेहरूले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली राति साढे १ बजे नै घटनास्थलमा पुगेको थियो । त्यसक्रममा ६ जना व्यक्तिहरू पीडितलाई सोही स्थानमा छाडी भागेका थिए भने पीडित नाबालिकाको तत्काल उद्दार गरी प्रहरीले संरक्षणमा लिएको थियो । धारिलो हतियारले आक्रमण गर्दा पीडित नाबालिकाका दाजुहरू समेत घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्