सुर्खेत ।
कर्णाली प्रदेशका २७६ निर्वाचन स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
जिल्लाको निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार रुकुम पश्चिमका २१, कालिकोटमा ७४, डोल्पामा २३, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको हो।
समितिका अनुसार सात जिल्लाका ३२५ मतदानस्थल संवेदनशील रहेका छन्, जसमध्ये रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन्।
प्रदेशभर १३८ वटा मतदानस्थल सामान्य रहेका छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर ९३३ मतदानस्थल र एक हजार ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार ४०३ मतदाता छन्।
कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगले अन्य ६ जिल्लामा समानुपातिकतर्फको मतपत्र पुगिसकेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्