16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

अरिँगालले टोकेर सल्यानमा आमाछोरीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक १, २०७९  

सल्यान ।

अरिँगालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-१ पटारे हामपाल निवासी २१ वर्षीया शोभा बस्नेत र ४ वर्षीया छोरी प्राप्तिको मृत्यु भएको हो । सोमबार दिउँसो खेतमा धान काटी घर फर्किने क्रममा उनीहरूलाई अरिँगालले टोकेको थियो ।

अरिँगालले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान र श्रीनगरस्थिति परोपकार अस्पतालमा ल्याइएको थियो । थप उपचारका लागि कोहलपुर लैजाने क्रममा राति बाटोमै आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अरिँगालकै टोकाइबाट शोभाका अंकल २१ वर्षीय घाइते भएका छन् । उनको उपचार भइरहेको छ । अरिँगालले तीनजनालाई सँगै टोकेको थियो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १, २०७९     11:23:13 AM  |