बाँकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन



नेपालगन्ज ।

नेपालगन्जमा आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । नेपालगन्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

बाँकेमा तीनवटा निर्वाचन क्षेत्र छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज १६ गते आइतबार