दामोदर: छापामार दलको सदस्यदेखी प्रदेश सांसदको उम्मेदवारसम्म



बाँके ।

कोहलपुर नगरपालिका वडा नम्बर– ३ का स्थानीय बासिन्दा दामोदर अधिकारी राजनितीका अलावा समाजिक क्षेत्रमा पनी उत्तिकै सक्रिय
छन् । आफु उमेर समुहका साथिभाईदेखि सबै उमेर समुहमा उनी उत्तिकै लोकप्रिय छन् । प्रदेशसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं १ (ख) बाट माओवादी केन्द्रका एकल सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् ।

झण्डै एक दर्जन उम्मेदवार आँकाक्षी रहेका सो क्षेत्रबाट क्षमतावान युवा नेतृत्वका हिसावले उनीभन्दा सिनियर र जुनियर सबैले एक मतले उनलाई उम्मेदवारमा सर्मथन गरेको एक नेताले बताए । माओवादी केन्द्रको अन्य निर्वाचन क्षेत्रमा कम्तीमा ३ भन्दा धेरै उम्मेदवार आंकाक्षी भएकोमा उनी सर्वसम्मत एकल उम्मेदवार चयन हुँदा पार्टी भित्र र बाहिर समेत उनको चर्चा चुलिएको छ ।

४१ वर्षीय अधिकारीले २५ वर्ष राजनैतिक कर्ममा बिताएका छन् । २०५५ सालमा भुमिगत भएका अधिकारी, २०५६ सालमा छापामार दलको सदस्य, २०५७ सालमा सेक्सन कमाण्डर,२०५८ मा प्लाटुन कमाण्डर, ०५९ मा कम्पनी कमाण्डर, २०६० मा बिग्रेड सहायक कमाण्डर भएका थिए । शान्तिपूर्ण राजनितमा आएसँगै २०६८ सालमा पार्टी जिल्ला सदस्य, २०६९ सालमा राष्ट्रिय महाअधिवेशन आयोजक समिती सदस्य भएर काम गरेका छन् ।

पछिल्लो समय उनी माओवादी केन्द्रको लुम्बिनी प्रदेश सदस्यका रुपमा पार्टी काममा क्रियाशील छन् । कुसल कमाण्डर र कुसल संगठक अधिकारी तत्कालीन जनमुक्ति सेनाको सिपाही र कमाण्डरका रुपमा दाङको घोराही, अछामको मंगलसेन, कालिकोटको कोटवडा, अछामको विनायक, दैलेखको नौमुले, जुम्लाको खलङ्गा, पाल्पाको तानसेन लगायतका आक्रमणमा प्रत्यक्ष रुपमा संलग्न थिए ।

गणतन्त्र स्थापनाको लागि भएको वर्ग संर्घषमा प्रत्यक्ष रुपमा संलग्न भएका अधिकारी आगामी दिनमा निति निर्माणको तहमा पुगेर काम गर्ने बताउँछन् । जनयुद्धको दौरानमा खारा आक्रमणका क्रममा घाईते समेत भएका अधिकारी नाफाको जिवन जनताको सेवामा समर्पित गर्ने सोचका साथ शान्तिकालमा समेत राजनितीमा निरन्तर सक्रिय भएर लागेका छन् । राजनिती धन आर्जन गर्ने माध्यम नभएर समाज सेवा गर्ने, आम जनताको जनजिवीकाको वकालत गर्ने माध्यम भएको उनको बुझाई छ ।

जनयुद्धका दौरानमा आफुसँगै युद्ध मोर्चामा सहादत प्राप्त गरेका सहयोद्धाहरुलाई सम्झदै उनले आम जनताका साथै परिर्वतनका लागि लडेका सहिद र बेपत्ता परिवार, घाईते योद्धाहरुका लागि पनि थुपै्र काम गर्न बाँकी रहेको बताउँछन् । आफु बेपत्ता परिवार समेत भएको बताउने अधिकारीका काका लक्ष्मिप्रसाद अधिकारीलाई हालसम्म तत्कालीन राज्य पक्षले बेपत्ता बनाएको छ ।

सबैका प्रिय दामोदर

दामोदर अधिकारी माओवादीभित्र र बाहिर उत्तिकै लोकप्रिय छन् । सबै दलमा चुनावका आँकाक्षिहरुको ठूलो लाईन हुने गरेको छ । तर दामोदर अधिकारी भने सम्भवत माओवादी केन्द्रको लुम्बिनी प्रदेशमै पहिलो त्यस्ता उम्मेदवर हुन जसको एकल नाम सिफारिस भएको छ । बाँके १ (ख) बाट उनको एकल नाम सिफारीस भएको हो ।

दर्जनौ नेताहरु आंकाक्षी भएपनि आफु भन्दा सिनियर नेताहरुको प्रस्तावमा आफु सर्वसम्मत र एकल सिफारिस भएको उनी बताउँछन् । बैठकमा जाँदासम्म आफु उम्मेदवार बनुला जस्तो नलागेको बताउने अधिकारी बैठकमा आफुलाई सिनियरदेखि जुनियरसम्मले एकल उम्मेदवार सिफारिस गर्दा आफु अत्यन्तै खुशी भएको बताउँछन् ।

गठबन्धनका कारण टिकट पाउने फिक्स नभएपनि जो जसले टिकट पाएको अवस्थामा पनि गठबन्धनलाई चुनाव जिताउन लागि पर्ने उनले बताए ।

प्रकाशित मिति : २०७९ भदौ ३१ गते शुक्रबार