26 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

तीजको नाच हेर्न गएका युवाबीच ग्याङफाइट, एक युवकको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १५, २०७९  

सुर्खेत ।

तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका -१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।

जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए लगत्तै थियो चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘जिसीलाई अस्पताल पुर्‍याउने व्यक्तिहरुसँग घटनाबारे सोधपुछ गरिरहेका छौं । थप अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने ।

प्रकाशित मितिः बुधबार, भदौ १५, २०७९     10:29:05 AM  |