४७ ग्राम लागुऔषध ब्राउनसुगरसहित श्रीमान श्रीमति पक्राउ



सुर्खेत ।

सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषधसहित श्रीमान-श्रीमतिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सानु भन्ने सरला शाही रहेका छन् ।

उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रवक्ता एवं डीएसपी सुरज कार्कीले बताए ।

कार्कीका अनुसार उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद २६ हजार तीन सय रुपैयाँ बरामद गरिएको छ । पक्राउ गरेका गिरी दम्पतिमाथि अहिले थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ३० गते सोमबार