कविन्द्र परियार । कोहलपुर ।
रोजगारी सिर्जना गर्ने र पर्यटन क्षेत्रको विकासको लागि होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । व्यवसायका माध्यमबाट देशको आर्थिक विकास र अर्थतन्त्रमा होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको उनीहरुले बताएका
हुन् ।
शनिबार होटल व्यवसायी संघ बाँके कोहलपुरको पाँचौ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले देशको आर्थिक समृद्धिमा होटल व्यवसायीहरुको भूमिका अहम रहेको बताए । होटल व्यवसायीहरुले देशको अर्थतन्त्र, रोजगार तथा पर्यटन जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको दाबी गरे ।
‘होटल व्यवसायीका साना कमी कमजोरी मात्र नकोट्याउन म सबैलाई आग्रह गर्दछु’ अध्यक्ष काफ्लेले भने, ‘पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि छुट्याइने बजेट पार्टी, कार्यकर्ताहरुलाई पाल्ने बजेटका रुपमा नभएर होटल व्यवसायीहरुमार्फत परिचालन गर्नुपर्छ ।’
होटल व्यसायी संघ नेपालका निर्वतमान उपाध्यक्ष तथा होटल व्यवसायी संघ बाँके कोहलपुरका वरिष्ठ सल्लाहकार विश्वराज खनालले जनताका लागि हरपल सेवामा लागिरहने होटल व्यवसायीहरुलाई राज्यको सहयोग चाहिने बताए । व्यवसायीहरुलाई प्रहरी र प्रशासनले सकारात्मक ढंगले बुझ्न नसकेको उनको भनाइ रहेको थियो ।
‘राज्यले होटल व्यवसायलाई अति आवश्यक पेशामा सुचिकृत गरेपनि सम्मान भने गर्न सकेको छैन’ उनले भने, ‘राज्य तथा राज्यका निकायहरुले यसतर्फ समेत ध्यान दिनुपर्छ ।’ कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले होटल व्यवसायीहरुले आफ्नो ब्राण्डमा नयाँपन दिएर पर्यटक भित्र्याउन सहयोग गर्नुपर्ने बताए ।
साधारण सभा तथा अधिवेशनको अवसरमा होटल व्यवसाय क्षेत्रको विकासमा योगदान पु¥याउने ज्ञानेन्द्रराज खनाल, तिर्थराज डाँगी, सोहनलाल थारु, बलराम भट्टराई, ठगिश्वर भण्डारी, भिमलाल श्रेष्ठ, चन्द्रकान्त चापाँगाई, ओमप्रकाश चापाँगाई, रामप्रसाद हमाल, सिता कार्की, नवराज शाही र भरत खड्कालाई सम्मान पत्र तथा कदर पत्रसहित सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्