माघ १० गते
मुम्बई । १३ महिना अघि बलिउडमा रणवीर कपुर र कट्रिना कैफको सम्बन्धले निकै चर्चा पायो । नयाँ वर्ष मनाउन बेलायत पुगेका रणबीर कट्रिनाले उतै मगनी गरे ।
मगनीमा को-को सहभागी थिए मात्रै हैन र रणबीरले कट्रिनालाई कस्तौ औंठी लगाइदिए समेतको समाचार आयो । तर, आजको मितिसम्म कटि्रना र रणबीरको मगनी भएको पुष्टि भएको छैन ।
अहिले अर्को समाचारले प्रमुख स्थान पाएको छ ‘रणबीर कट्रिनाको ब्रेकअप’ उनीहरुको ब्रेकअप कसरी र किन भयो ? कुनै पनि मीडियाले खास कारण खोजेको छैन । यतिसम्मकी अहिलेसम्म आएको समाचारको आधारमा उनीहरुविच ब्रेकअप भएको हो की होईन ? पाठक स्वयं अन्यौलमा पर्ने अवस्था छ ।
स्पटब्वाय पत्रिकाले आलिया भट्टको कारण रणबीर कट्रिनाको ब्रेकअप भएको नयाँ समाचार लेखेको छ । ‘उनिहरुको ब्रेकअप हनुमा आलिया जिम्मेवार छिन्’ स्पटब्वाईले लेखेको छ ।
समाचारमा उल्लेख भए अनुसार ब्रेक हुनु भन्दा केही महिना अघि निर्देशक इम्तियाज अलिले अँधेरीस्थित निवासमा एउटा पार्टी आयोजना गरे । पार्टीमा उनले आफ्ना केही नजिकका मित्रहरुलाई निम्ता गरे ।
उक्त पार्टीमा रणबीरले आलियाको अलि बढी ख्याल गरे । जुनकुरो कट्रिनालाई चित्त बुझेन । घर पुगेपछि आलियाकै विषयमा कट्रिना र रणबीरविच झगडा भयो ।
रणबीरले पनि आफ्ना साथीहरुलाई वेला बेलामा पार्टी दिन्थे । पार्टीमा आलियालाई नियमित निम्ता जान्थ्यो तर, पछि कटि्रनाकै कारण आलियालाई निम्तो जान छाड्यो । आलियालाई निम्तो गर्न नपाएकै कारण रणबीरले कट्रिनासँग ब्रेकअपको माध्यम रोजेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्