ट्रकले किच्दा मोटरसाइकल चालकको मृत्यु



झापा ।

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका ४ चुलाचुली मोडमा बुधबार राति ट्रकको ठक्करबाट गम्भीर घाईते भएका दमक ९ का ३६ वर्षिय दीपक नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्र. १–०१–०१२ प १४५३ नम्बरको मोटरसाइकलमा सवार दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत नेपाललाई पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १६ गते बिहीबार