ट्युब टपमा बेबी बम्प देखाउँदा अभिनेत्री सोनम भइन् ट्रोलको सिकार



एजेन्सी  ।

भारतीय अभिनेत्री सोनम कपुरकी बहिनी रियाले केही दिनदेखि सोसल मिडियामा दिदीको बेबी बम्पका तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन्।

आमा बन्दै गर्दाका खुसीका तस्बिरहरू सामाजिक सञ्जालमा आउँदा सोनमका फ्यानहरू खुसी हुनुपर्ने हो। तर उनी उल्टो ट्रोलको सिकार बनिन्। कारण उनको एक तस्बिर हुबहु हलिउड स्टार रिहानाको पोजसँग मिल्नु।

अहिले रिहाना पनि गर्भवती छिन्। उनले केही समय अगाडि आफ्नो गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। हल्का गुलाबी ड्रेसअपमा रहेकी उनी एक हालतले आफ्नो बेबी बम्पलाई छोइरहेकी छिन्।

यता सोनम कपुरको तस्बिरमा उनी जिब्रो टोक्दै गरेको देखिन्छ। बेबिबम्प सार्वजनिक गर्दा उनले: निलो रङको ड्रेस अप गरेकी छिन्।

तस्बिरको पोज उस्तै-उस्तै देखिएपछि सोनमलाई उनका फ्यानहरूले आमा बन्दै गरेकोमा बधाई दिनुको सट्टा रिहाना बन्ने भूत चढेको भन्दै आलोचना गरे। रिहाले पनि तस्बिरमा ट्युब टप लगाएकी छिन् भने सोनमले पनि।

सो तस्बिर देखेर रिसाएकाहरूले ‘यिनले त रिहानाको कपी गरिन्’ भन्दै आलोचना गरिरहेका छन्। केहीले बलिउडका कलाकारहरूलाई आफू मात्रै गर्भवती हुन्छु भन्ने किन लागेको होला भनेर समेत प्रतिक्रिया लेखेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २९ गते आइतबार