बाँके ।
राप्तीसोनारी गाउँपालिकाका दुईवटा वडामा गरिएको सिकलसेल र थालसेमिया रोग देखिएको छ । वडा नम्बर ३ र ४ मा स्क्रीनिङ गर्दा पाँचजनामा सिकलसेल र चारजनामा थालसेमिया रोग देखिएको हो ।
यहाँबाट संकलित ६० जनाको नमुना भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्येबाट नौजनामा सिकलसेल र थालसेमिया रोग पुष्टि भएको हो ।
अब ति परिवारका सदस्यको पनि नमुना जाँच गर्ने तयारी थालिएको भेरी अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले बताए । राप्तीसोनारीबाट करिब दुई हजार नमुना संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
अहिले दैनिक ५० जनाको नमुना संकलन भइरहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जनाए । थारु समुदायमा बंशानुगतरुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि राप्तीसोनारीमा दैनिकरुपमा स्क्रीनिङ तथा परामर्श शिविर भइरहेको उनले बताए ।
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोग जनस्वास्थ्य समस्याकैरुपमा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्