चितुवाको आक्रमणबाट बालिकाको मृत्यु



बर्दिया ।

चितुवाको आक्रमणमा परी बर्दियामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका–१० भगतपुरकी कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बिहीवार साँझ ७ बजे घर नजिकै मकैबारीको छेउमा खेलिरहेको बेला जंगलबाट आएको चितुवाले कमलालाई आक्रमण गरी घाइते बनाएको थियो ।

उनलाई उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । पछिल्लो समय बर्दियामा जंगली जनावरको आक्रमणका घटना बढ्दै गएको छ ।

निकुञ्ज, डिभिजन वन तथा जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई जंगल प्रवेश नगर्न तथा सामुदायिक वन छेउछाउका स्थानीयलाई सतर्कता अपनाउन पटकपटक आग्रह समेत गर्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ५ गते शनिबार